Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राष्ट्र बैंकले दुई विकास बैंकमाथि लियो एक्सन, कसलाई कस्तो कारबाही ?

राष्ट्र बैंकले दुई विकास बैंकमाथि लियो एक्सन, कसलाई कस्तो कारबाही ?


  • 1.3K
    Shares

    राष्ट्र बैंकले दुई विकास बैंकमाथि लियो एक्सन, कसलाई कस्तो कारबाही ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान मिचेकोमा दुई विकास बैंकलाई कारबाही गरेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लुम्बिनी विकास बैंक र सप्तकोशी डेभलपमेन्टलाई कारबाही गरेको हो। लुम्बिनी विकास बैंकलाई केन्द्रीय बैंकले सचेत गराएको भने सप्तकोशी डेभलपमेन्ट बैंकलाई तीन शीर्षकमा कारबाही गरेको छ।

    लुम्बिनी विकास बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्दाको मितिमा उल्लेख गरिएको सेवा सुविधा छोटो समयपश्चात नै वृद्धि गरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ७ मा भएको व्यवस्था उल्लंघन गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ। यही कारणले बैंकको तत्कालीन सञ्चालक समितिलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ को खण्ड (क) बमोजिम सचेत गराइएको छ।

    त्यसैगरी केन्द्रिय बैंकले सप्तकोशीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेशकुमार पोखरेललाई नसिहत दिइएको छ । स्थलगत निरीक्षण प्रतिवेदनमा बैंकले २०८१ मा प्रवाह गरेको चालु पुँजी प्रकृतिका कर्जामा आवश्यक कागजातहरू नलिइ संस्थाको कोर बैंकिङ प्रणालीमा समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्थासम्बन्धी विवरण यथार्थपरक नभएको र रिपोर्टिङ विश्वसनीय नभएको पाइएपछि सीईओ पोखरेललाई कारबाही गरिएको उल्लेख छ ।

    साथै, बैंकका सञ्चालक समितिलाई पनि संस्थामा देखिएका समस्याहरू सुधार गर्न र दोहोरिन नदिन लिखित रूपमा केन्द्रिय बैंकले सचेत गराएको छ ।

     

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १४:४८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij