Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अब सवारी लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने, एक हप्ताभित्रै छपाई सुरु गरिँदै

अब सवारी लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने, एक हप्ताभित्रै छपाई सुरु गरिँदै


  • 1.5K
    Shares

    अब सवारी लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने, एक हप्ताभित्रै छपाई सुरु गरिँदै

    काठमाडौं । अब सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    विभागका निर्देशक नरहरि तिवारीका अनुसार केन्द्रले तत्कालका लागि लाइसेन्स स्मार्ट कार्ड छाप्ने गरी मोटामोटी समझदारी बनेको हो । तिवारीले केन्द्रले पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको बताएका छन् । उनका अनुसार ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर वितरण गरिने भएको छ ।

    तिवारीका अनुसार तत्काल आवश्यक परेका र लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका  दुवैलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण गरिने भएको छ । 

    छपाइको सुरुवातमा सानो संख्याबाट काम थालिने र क्रमशः बढाउँदै लगिने योजना विभागको रहेको छ । ‘सबै कुरा छलफलकै क्रममा छ, भोलि–पर्सिसम्ममा कहिलेबाट र कसरी छाप्ने भन्नेबारे टुङ्गो लाग्नेछ,’ तिवारीले जानकारी दिएका छन् ।

    वैदेशिक रोजगारीमा जानेलगायत तत्काल लाइसेन्स चाहिनेको हकमा केन्द्रले दैनिक ५ सय लाइसेन्स छापेर तुरुन्त दिने सहमति भएको छ ।

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १३:१२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij