Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित

फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित


  • 295
    Shares

    फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित
    images

    काठमाडौं । फरार सूचीमा रहेरका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका छन् ।

    अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेका सुनार बिहीबार बिहान उपस्थित भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन । उनका अनुसार अदालतमा उपस्थित भएका सुनारको बयानको हुनेछ र त्यसपछि थुनछेकको बहस हुनेछ ।

    फरार सूचीमा रहेरका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका छन् ।

    अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेका सुनार बिहीबार बिहान उपस्थित भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन । उनका अनुसार अदालतमा उपस्थित भएका सुनारको बयानको हुनेछ र त्यसपछि थुनछेकको बहस हुनेछ ।

    जिल्ला अदालतमा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो । त्यसको तीन दिन पछाडि साउन ५ गते पक्राउ पुर्जी जारी भएको थियो । स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरिएको थियो ।

    अदालतका श्रेस्तेदार कार्कीका अनुसार गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।

    हालसम्म फरार सूचीमा रहेका सुनार बिहीबार जिल्ला अदालत काभ्रेमा हाजिर भएका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानका क्रममा समय सीमाभित्र पक्राउ गर्न नसकेपछि पक्राउबिना नै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतको अवहेलना सम्बन्धी मुद्दा भएको हुनाले अदालत आफैंले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - ११:२७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij