२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा मिति २०८२\०७\१२ मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले शेयरधनीहरुका लागि ६% बोनस शेयर, १४% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०८२\८३ को लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij