२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले सबैले आफ्ना विचार आदानप्रदान गर्न आग्रह गरेकी छन् । बालुवाटारमा जारी त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले सबै विचारको आदानप्रदान गर्न आग्रह गरेकी हुन् ।
"सबै विचारको आदानप्रदान गरौँ । मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन" उनले भनिन् ।
उनले बारम्बारको कुराकानीले नै निष्कर्ष निस्किने बताइन् । "एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुआत गरेका छौँ । आआफ्ना विचार राख्न म खुला गर्छु" उनले भनिन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij