२०८२ भाद्र २ गते सोमवार
बर्दिया । बर्दियामा अस्पतालबाट डिस्चार्ज भएकै राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बर्दियका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राजापुर–४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो । वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा उनीमा संक्रमण देखिएको थियो ।
संक्रमण पुष्टि भएसँगै बाँकेको भेरी अस्पतालमा वैशाख २१ गते उनलाई भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि भेरी अस्पतालले वैशाख २७ गतेमात्रै होम आइसोलेसनमा बस्ने गरी उनलाई डिस्चार्ज गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij