Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

गौरीबहादुर कार्कीसहित तीन जनाविरूद्ध रिटमा कारण देखाऊ आदेश जारी

गौरीबहादुर कार्कीसहित तीन जनाविरूद्ध रिटमा कारण देखाऊ आदेश जारी


  • 1.6K
    Shares

    गौरीबहादुर कार्कीसहित तीन जनाविरूद्ध रिटमा कारण देखाऊ आदेश जारी

    काठमाडौं । गत २३ र २४ गते भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

    आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै अधिवक्ता विपिन ढकालले दायर गरेको रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई छलफलमा झिकाउने आदेश गरेको छ ।

    आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको अवस्थामा भण्डारीले समेत त्यसमाथि प्रश्न उठाउन नसकेको आरोप रिट निवेदकको छ । 

    पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अवलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन भएको सर्वोच्चमा दायर रिटमा उल्लेख छ । 

    उनीहरूलाई निवेदनको अन्तिम टुङ्गो नलागेसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै कार्य नगर्न र नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ ।

     

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १६:२३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij