Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कुमारी बैंकद्वारा तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

कुमारी बैंकद्वारा तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण


  • 652
    Shares

    कुमारी बैंकद्वारा तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

    काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा जस्तै यसवर्ष शैक्षिक छात्रवृत्ति रकम जीवित देवी (निवर्तमान) तृष्णा शाक्यलाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ।

    बैंकले बसन्तपुरकी जीवित देवीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष १ लाखका दरले छात्रवृत्ति कोषमा रकम जम्मा गर्दै आएको थियो। उक्त कोषको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु रहेको बैंकले जानकारी दिएको छ।

    बैंकले सो कोषमा जम्मा भएको कुल ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ पैसा छात्रवृत्तिका रूपमा निवर्तमान कुमारी तृष्णा शाक्यलाई हस्तान्तरण गरेको छ।

    विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ तथा ३१७ एटीएममार्फत सेवा दिँदै आएको छ। 

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १०:५६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij