२०८२ कार्तिक १२ गते बुधवार
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा यो चलचित्रले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ ।
कात्तिक ६ गते भाइटीकाको दिनबाट प्रदर्शनमा आएको ‘वरिष्ठ बलराम’ले पाँच दिनमा दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिएका छन् ।
चलचित्रले उठान गरेको भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको उनले बताएका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । चलचित्रमा मनकृष्ण महर्जनको छायांकन छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij