Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ साल कार्तिक १० गते कार्तिक शुक्ल षष्ठी सोमबार

२०८२ साल कार्तिक १० गते कार्तिक शुक्ल षष्ठी सोमबार


  • 2.4K
    Shares

    २०८२ साल कार्तिक १० गते कार्तिक शुक्ल षष्ठी सोमबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आजको दिनमा आफन्तहरूको प्रगतिले मन रमाउनेछ। बन्धु बान्धवहरूबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    सोचेभन्दा राम्रो सफलता हात लाग्नाले प्रोत्साहित हुनुहुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ।

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)

    कार्यक्षेत्रमा नसोचेको कार्य बन्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको साथ पाइनेछ। महत्वपूर्ण योजनाहरू हातबाट निस्किन सक्ला सावधान रहनुहोला।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    व्यापार व्यवसायमा नयाँ योजनाको सुरुवात गर्न सक्नुहुनेछ। आफ्नो कुरालाई खुलेर राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहायता मिल्ला।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    नकारात्मक मानसिकताले विपरीत प्रभाव पर्नेछ। अरुको लागि श्रम र धन खर्च गर्नुपर्ला। उद्योग व्यापारमा सोचविचार गरेर लगानी लगाउनुहोस्। आफन्तहरूबाट धोखा मिल्ला सावधान रहनुहोस्।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    नयाँ कार्यको थालनीको लागि उपयुक्त समय रहेको छ। व्यर्थको वादविवादमा परिवारमा असन्तोषको भावना जागृत हुनेछ। थोरै संघर्षले पनि राम्रो प्रतिफलको प्राप्ति हुनेछ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    लेखन वा सामाजिक सञ्जालको कार्यबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथिको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    चन्द्रमा आफ्नै राशिमा हुँदा उत्साह, आत्मविश्वास र आकर्षण उच्च रहनेछ। नयाँ काम सुरु गर्न अनुकूल समय हो। सबैले तपाईंको व्यक्तित्व र विचारको सम्मान गर्नेछन्। मान–सम्मान बढ्नेछ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    सुख सुविधामा धन खर्चका योग छन्। कठिन समयमा मित्रको सहायता गरेर खुसी मिल्नेछ। सम्पत्तिलाई लिएर वादविवाद हुन सक्ला। न्यायिक मामलाहरूमा सफलता मिल्नेछ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

    पुराना कार्यहरू सम्पादन गर्ने समय रहेको छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा रहेको छ। राजकीय मामलाहरू सुल्झिनेछन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। यात्रा सुखदाई रहनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस्। महत्वपूर्ण मामलाहरूमा निर्णय लिनुभन्दा अघि जानकार वा शुभचिन्तकको सल्लाह लिनुहोस्। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - ०२:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij