२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij