Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

सिटिजन्स बैंकका ग्राहकलाई केएमसी अस्पतालमा १५ प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई केएमसी अस्पतालमा १५ प्रतिशत छुट


  • 386
    Shares

    सिटिजन्स बैंकका ग्राहकलाई केएमसी अस्पतालमा १५ प्रतिशत छुट
    images

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं, सिनामगंल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच सम्झौता भएको छ । काठमाडौं मेडिकल कलेजले सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काठमाडौं मेडिकल कलेजमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

     

     

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - १२:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij