२०८२ कार्तिक १ गते शनिवार
काठमाडौं । बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेको छ । कात्तिक महिनाको लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् ।
वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी रहेका बैंकहरूले यथावत् राखेका छन् । समग्रमा ब्याजदर झनै घटेको छ ।
विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.७८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् भने विभिन्न प्रकारका बचत खाताबिच २ प्रतिशत भन्दा धेरै ब्याजदर अन्तर हुन नपाउने व्यवस्था छ ।
त्यसैगरी, मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीतर्फ एक अधिकतम ब्याजदर भने अहिले पनि ६ प्रतिशतसम्म रहेको छ ।
उता संस्थागत मुद्दती खाततर्फ एक वर्षका लागि अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तो खातामा ग्लोबल आईएमईले सबैभन्दा धेरै ३.२५ प्रतिशत ब्याजदर तोकेको छ भने एनएमबि, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
संस्थागत मुद्दतीका लागि एक वर्षभन्दा माथिको अवधिका लागि भने बैंकहरूले अधिकतम ४.५ धेरै ब्याजदर अफर गरेको पाइएको छ ।
सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन्। यी दुई बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर १ प्रतिशतविन्दुले घटाएका हुन्। नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने यी दुबै निक्षेपमा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij