Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई दियो ५० रुपैयाँका ४२ करोड थान नयाँ नोट छाप्ने ठेक्का

राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई दियो ५० रुपैयाँका ४२ करोड थान नयाँ नोट छाप्ने ठेक्का


  • 1.3K
    Shares

    राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई दियो ५० रुपैयाँका ४२ करोड थान नयाँ नोट छाप्ने ठेक्का

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइको जिम्मा एक चिनियाँ कम्पनीलाई दिएको छ । केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रिया मार्फत ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ नामक चिनियाँ कम्पनीलाई नोट छपाईको काम सुम्पिएको हो ।

    केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै कम्पनीले नोटको डिजाइन, छपाइदेखि नेपालसम्म आपूर्तिसम्मको सम्पूर्ण कार्य गर्ने जानकारी दिएको छ । कम्पनीले करिब १ करोड ४ लाख २२ हजार अमेरिकी डलर (झण्डै १ अर्ब ४३ करोड रुपैयाँ) लागतमा नोट छपाइको जिम्मा लिएको हो ।

     चिनियाँ कम्पनीले कुल ४२ करोड थान ५० रुपैयाँ दरका नोट छापेर नेपालमा आपूर्ति गर्ने भएको छ । 

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - ११:२८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij