Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई दियो ५० रुपैयाँका ४२ करोड थान नयाँ नोट छाप्ने ठेक्का

राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई दियो ५० रुपैयाँका ४२ करोड थान नयाँ नोट छाप्ने ठेक्का


  • 2.0K
    Shares

    राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई दियो ५० रुपैयाँका ४२ करोड थान नयाँ नोट छाप्ने ठेक्का
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइको जिम्मा एक चिनियाँ कम्पनीलाई दिएको छ । केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रिया मार्फत ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ नामक चिनियाँ कम्पनीलाई नोट छपाईको काम सुम्पिएको हो ।

    केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै कम्पनीले नोटको डिजाइन, छपाइदेखि नेपालसम्म आपूर्तिसम्मको सम्पूर्ण कार्य गर्ने जानकारी दिएको छ । कम्पनीले करिब १ करोड ४ लाख २२ हजार अमेरिकी डलर (झण्डै १ अर्ब ४३ करोड रुपैयाँ) लागतमा नोट छपाइको जिम्मा लिएको हो ।

     चिनियाँ कम्पनीले कुल ४२ करोड थान ५० रुपैयाँ दरका नोट छापेर नेपालमा आपूर्ति गर्ने भएको छ । 

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १२:२८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij