Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट


  • 1.4K
    Shares

    नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रालिबिच सम्झौता  भएको छ । बैंकमा कार्यरत कर्मचारीहरु र ग्राहकहरूले काठमाडौंको शंखमुल स्थित लिफ प्लस प्रालिले उत्पादन र बिक्रि गर्ने सामानहरु खरिख गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    नेपाल बैंक र लिफ प्लस प्रालिले गत सोमबार छुट सम्बन्धी सम्झौता गरेको हुन् । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका छन् ।

    उक्त सम्झौतापश्चात लिफ प्लसले उत्पादन तथा बिक्रि गर्ने पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरु जस्तै प्लेट, कचौरा, थाल, चम्चा, आदी कम्पनीको वेभसाइट (https://leafplus.com.np/), ह्वासएप तथा सिधा सम्पर्क मार्फत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंककोमोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट पाउने छन् ।

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १६:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij