Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बैंकिङ प्रणालीमा तरलता फालाफाल, ३५ अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता फालाफाल, ३५ अर्ब तान्दै राष्ट्र बैंक


  • 792
    Shares

    बैंकिङ प्रणालीमा तरलता फालाफाल, ३५ अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेको छ । अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज फेरि थप ३५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

    केन्द्रीय बैंकले आज असोज २९ गते फेरि बैंकिङ प्रणालीबाट उक्त रकम तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो ४ दिने निक्षेप संकलन उपकरणको कात्तिक २ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।

    पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १०:४३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij