२०८२ आश्विन २९ गते बुधवार
काठमाडौं । विल्सन विक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशन रहेको फिल्म ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
निर्माण टिमले मंगलबार सार्वजनिक गरेको ३ मिनेट ४९ सेकेण्डको ट्रेलरमा प्रेमका एक व्यक्तिले गर्ने संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। फिल्म तिहारको भाइटीका अर्थात् कातिक ७ गतेबाट देशभर रिलिज हुने भएको छ ।
ट्रेलरमा फिल्मका मुख्य कलाकार धीरज मगर, मिरुना मगर, दिया पुनदेखि दयाहाङ राईलगायता अभिनय रहेको छ भने निर्देशक विल्सन आफै पनि देखिएका छन् ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बू लगायतका कलाकारको पनि अभिनय छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij