Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

राष्ट्र बैंकका गभर्नरलाई घर भाडामा दिन घरबेटीले देखाएनन् इच्छा

राष्ट्र बैंकका गभर्नरलाई घर भाडामा दिन घरबेटीले देखाएनन् इच्छा


  • 554
    Shares

    राष्ट्र बैंकका गभर्नरलाई घर भाडामा दिन घरबेटीले देखाएनन् इच्छा
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल बस्ने घर अहिलेसम्म पनि भेटिएको छैन । राष्ट्र बैंकले सूचना जारी गरेर आजसम्मका लागि आवेदन आह्वान गरेकोमा भनेजस्तो घर नभेटिएपछि म्याद थप गरिएको हो । 

    राष्ट्र बैंकको सूचना अनुसार अब इच्छुकले २०८२ कात्तिक १६ गतेभित्र घर भाडाका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । 

    राष्ट्र बैंकले भाडामा खोजेको घर ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा घरमा कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गामा ५ वटा सवारीसाधन पार्किङको व्यवस्था र १००० वर्गफिटभन्दा बढी प्लिन्थ क्षेत्रफल भएको आरसीसी स्ट्रक्चर हुनु पर्ने छ ।

    त्यसैगरी, घरमा कम्तीमा एउटा मास्टर बेडरूमसहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल, स्टोररूम, र सुरक्षाकर्मी बस्ने छुट्टै भवन हुनुपर्ने मापदण्ड राखिएको छ। घर सुरक्षित कम्पाउन्डवालले घेरिएको, कालोपत्रे सडकसँग जोडिएको, र बिजुली, ढल निकास तथा खानेपानीको पर्याप्त व्यवस्था भएको २.५ देखि ३ तले हुनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख रहेको छ । 

    राष्ट्र बैंकको सूचना अनुसार पहिलो पटक तोकिएको मापदण्ड पूरा भएका कुनै पनि आवेदन प्राप्त नभएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १६:५१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij