Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एनआईसी एशिया बैंक र मर्क्योर होटेलबिच सम्झौता

एनआईसी एशिया बैंक र मर्क्योर होटेलबिच सम्झौता


  • 246
    Shares

    एनआईसी एशिया बैंक र मर्क्योर होटेलबिच सम्झौता
    images

    काठमाडौं । एनआईसी एशिया बैंक र मर्क्योर होटेलबिच सम्झौता भएको छ ।  बैंकका ग्राहकहरुलाई काठमाडौं, सुकेधारामा रहेको मर्क्योर होटेलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको हो । 

    यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

    यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

    उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १७:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij