Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

हिमालयन बैंकमा रहेको हबिब बैंकको शेयर बिक्री गर्न स्वीकृति

हिमालयन बैंकमा रहेको हबिब बैंकको शेयर बिक्री गर्न स्वीकृति


  • 323
    Shares

    हिमालयन बैंकमा रहेको हबिब बैंकको शेयर बिक्री गर्न स्वीकृति
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको हबिब बैंकको शेयर बिक्री गर्न स्वीकृति दिएको छ । नेसनल लाइफ इन्स्योरेन्सले शेयर खरिद गर्ने प्रस्ताव हिमालयन बैंकमा बुझाएको थियो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकार गरेको छ ।

    राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको हबिब बैंकको शेयर बिक्री गर्न स्वीकृति दिएको छ हिमालयन बैंकका कम्पनी सचिव विपीन हाडाले बताएका छन् । 

    हिमालयन बैंकले गएको जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबका नाममा रहेको संस्थापक शेयर खरिद गर्न संस्थापक सेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो । 

    नेसनल लाइफले हबिबका नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता शेयर प्रतिकित्ता ११८.८८ रुपैयाँमा खरिद गर्न लागेको छ । नेसनल लाइफले तीन अर्ब ३३ करोड एक लाख १९ हजार ७५२ रुपैयाँ ४५ पैसामा उक्त शेयर खरिद गर्न लागेको छ ।

     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १६:४८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij