Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

चलचित्र ‘मुगलान’ को फष्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा

चलचित्र ‘मुगलान’ को फष्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा


  • 1.5K
    Shares

    चलचित्र ‘मुगलान’ को फष्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा

    काठमाडौं । चलचित्र ‘मुगलान’ आगामी पुस १० गते देखि प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सोमबार फिल्मको फष्टलुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

    फष्टलुक्समा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेसभुसामा देखाइएको छ । प्रभात बाँसुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन् । 

    रेहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख।ब।पु।, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोला लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमनसिंह यसको निर्माता हुन् । 

    फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने जय विष्ट र राम गुरुको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको रहेको छ । किरण भुसालको संगीत रहेको फिल्मले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र सङ्घर्षको कथा उजागर गर्नेछ ।

     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १६:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij