२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले आफ्नो कब्जामा रहेका सबै जीवित बन्धक रिहा गरिएको प्रस्ट पारेको छ ।
मृतक बन्धकको शव केही समयपछि हस्तान्तरण गरिने हमासले जनाएको छ । सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना गरी हमासले २० जना बन्धक रेडक्रसलाई सुम्पिएको हो ।
रेडक्रसका अधिकारीहरू रिहा गरिएका बन्धक लिएर इजरायल पुगिसकेका छन् । इजरायली सेनाले हमासद्वारा रिहा गरिएका बन्धक आइसकेको जनाएको छ ।
शान्ति प्रक्रियाका लागि भएको सम्झौता अनुसार अब इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्नेछ । इजरायलले २५० प्यालेस्टिनी कैदी र गाजामा उसको नियन्त्रणमा रहेका एक हजार ७०० भन्दा धेरै बन्दी रिहा गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij