Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला


  • 379
    Shares

    नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला
    images

    काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।

    उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान दिन चाहने १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले आगामी कात्तिक २८ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्नेछन् । 

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले यसपटकदेखि नबिल एसएसई कार्यक्रम मुलुकको विकास, गरिबी निवारण र सशक्तीकरणको लक्ष्यसहित गरिब र विपन्न वर्गलाई केन्द्रित गरिएको बताएका छन् । उनले सामाजिक उद्यमीको सशक्तीकरण मुलुकको विकासका लागि प्रभावकारी माध्यम बनेको उल्लेख गरेका छन् । 

    नबिल एसएसईअन्तर्गत छ महिना अवधिको फेलोसिप कोर्स (छैटौँ समूह) र तीन महिना अवधिको सर्टिफिकेट कोर्स सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित फेलोसिप कोर्स स्टार्टअप र नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीलाई लक्षित छ ।

    सर्टिफिकेट कोर्स सातवटै प्रदेशमा विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालित छ । बैंकले यस वर्षदेखि सर्टिफिकेट कोर्सलाई प्रदेशअनुसार फरक(फरक प्राथमिकताका क्षेत्र (जस्तैः कोशीमा हाइ भ्यालु क्रपस्, गण्डकीमा होमस्टे र पर्यटन)  निर्धारण गरी सञ्चालन गर्ने भएको छ ।

    नबिल बैंकको वेबसाइट र सोसल मिडियामार्फत आवेदन दिन सकिनेछ । यो कार्यक्रम दिगो विकासमा योगदान दिने उद्यमशीलतालाई सुदृढ गर्न बैंकको मुख्य आधार रहेको र यसबाट हालसम्म १७ हजारभन्दा बढी रोजगारी सिर्जनमा सहयोग पुगेको बैंकको भनाइ छ । 

    Nabil-SSE-Application-call-e1760322658864.jpeg

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १०:३३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij