Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

अफगानिस्तान झडपमा ५० भन्दा बढी पाकिस्तानील सैनिक मारिएको तालिवानको दाबी

अफगानिस्तान झडपमा ५० भन्दा बढी पाकिस्तानील सैनिक मारिएको तालिवानको दाबी


  • 974
    Shares

    अफगानिस्तान झडपमा ५० भन्दा बढी पाकिस्तानील सैनिक मारिएको तालिवानको दाबी
    images

    काठमाडौं । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन् ।

    प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकीहरू कब्जा गरिएको तर लडाईं समाप्त भएपछि फिर्ता गरिएको पनि आइतबार काबुलमा एक पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले भने ।

    पाकिस्तानले अझैसम्म जबिहुल्लाह मुजाहिदको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, गृहमन्त्री मोहसिन नक्वीले शनिबार राति अफगानिस्तानको कारबाही प्रभावकारी रूपमा बदला लिइएको दाबी गरेका थिए ।

    झडपको क्रममा नौ तालिबान कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि प्रवक्ताले पुष्टि गरे । जबिहुल्लाह मुजाहिदले आईएसआईएसको प्रमुख पाकिस्तानमा रहेको र यो सङ्गठन अझै पनि खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सक्रिय रहेको आरोप लगाए ।

    अफगानिस्तानबाट आईएसआईएस समाप्त भएको उनले बताएका थिए । पाकिस्तानमा आईएसआईएसका तालिम केन्द्रहरू स्थापना भएको आरोप लगाउँदै उनले अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनुपर्ने पनि बताए । अफगान विदेशमन्त्रीको भारत भ्रमण कुनै पनि देश विरुद्ध निर्देशित नभएको र कसैले पनि यसमा आपत्ति जनाउनु नहुने पनि उनको भनाइ थियो ।

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १४:४४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij