२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सोमवार शेयर बजार १ दशमलव ०५ प्रतिशत बढेर बन्द भएको छ । यो दिन समग्र शेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४१ अंक बढेर २ हजार ६४५ दशमलव ८५ विन्दुमा पुगेको हो । २ हजार ६१३ दशमलव १८ विन्दुदेखि खुलेको सोमवारको बजार २ हजार ६०८ दशमलव १८ विन्दुसम्म झरेर उकालो लागेको हो ।
नेप्से परिसूचक बढेपनि कारोबार रकम भने रू ४ अर्ब २० करोड ३८ लाख ३२ हजारमा खुम्चिएको छ । २१८ कम्पनीको ५१ हजार २३५ पटकको व्यापारमा ७५ करोड ७९ लाख ३ कित्ता शेयर यो दिन खरिद विक्री भएको हो । आइतवार भने रू ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको थियो ।
सोमवार कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस कम्पनीको रू २७ करोड ४ लाख २७ हजार बराबरको शेयर कारोबार भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij