Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा

नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा


  • 785
    Shares

    नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा
    images

    काठमाडौं । आज २०८२ साल असोज २५ गते शनिबार । कात्तिक कृष्ण पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर ११ तारिख ।

    हिन्दु धर्मशास्त्र अनुसार शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

    शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

    जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

    हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

    हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

    प्रकाशित मिति :आश्विन २५ २०८२ शनिवार - ०७:२६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij