Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

मौसम पूर्वानुमान

नेपालबाट मनसुन बाहिरियो, आज यी भूभागमा हल्का वर्षाको सम्भावना

नेपालबाट मनसुन बाहिरियो, आज यी भूभागमा हल्का वर्षाको सम्भावना


  • 988
    Shares

    नेपालबाट मनसुन बाहिरियो, आज यी भूभागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । शुक्रबारदेखि नेपालबाट मनसुन बाहिरिएको हो ।

    महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    प्रकाशित मिति :आश्विन २५ २०८२ शनिवार - ०७:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij