Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन


  • 1.5K
    Shares

    • images
    एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    नेप्सेले बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको छ भने समायोजनपश्चात बैंकको शेयरमूल्य ६७६ रुपैयाँ ४२ पैसा कारोबार भएको छ। 

    नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको छ। अघिल्लो कारोबार दिन दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ७१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    यही समायोजित मूल्यको आधारमा आगामी आइतबार दोस्रो बजारमा बैंकको शेयर कारोबारा खुल्ने भएको छ।

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १०:४४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij