Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


  • 337
    Shares

    फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
    images

    मनिला । फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन्। 

    भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरभन्दा टाढा रहेका इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा क्षेत्रमा पनि सुनामीको चेतावनी दिइएको छ। इन्डोनेसियाको भौगर्भिक एजेन्सीले यी क्षेत्रहरू खतरामा रहेको जनाएको छ।

    प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार फिलिपिन्सका केही तटहरूमा सुनामीका छालहरू सामान्य ज्वारभाटाको स्तरभन्दा ३ मिटरसम्म (१० फिट) माथि पुग्न सक्छन्। इन्डोनेसिया र पलाउका केही तटहरूका लागि भने छालहरू सामान्यभन्दा एक मिटरसम्म माथि पुग्न सक्ने चेतावनी दिइएको छ।

    फिलिपिन्सका अधिकारीहरूले पहिलो सुनामीका छालहरू स्थानीय समयअनुसार बिहान ११:४३ अघि नै आइपुग्न सक्ने र ती ‘घण्टौँसम्म रहन सक्ने’ बताएका छन्।

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १०:३५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij