Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाल राष्ट्र बैंकद्वारा दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द

नेपाल राष्ट्र बैंकद्वारा दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द


  • 701
    Shares

    नेपाल राष्ट्र बैंकद्वारा दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। एक सूचना जारी गर्दै बैंकले उनीहरूले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जनाएको छ।

    रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौं महानगर-२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन् । 

    मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ (चौथो संशोधन सहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । 

     

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १२:०९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij