Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आजको मौसम

स्थानीय वायुको प्रभाव कमजोर बन्दै, यी स्थानमा हल्का वर्षाको सम्भावना

स्थानीय वायुको प्रभाव कमजोर बन्दै, यी स्थानमा हल्का वर्षाको सम्भावना


  • 1.1K
    Shares

    स्थानीय वायुको प्रभाव कमजोर बन्दै, यी स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - ०७:०५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij