२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । एनआईसी एशिया बैंक र किरण आँखा अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहक महानुभावहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले वीरगञ्जमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा OPD, Diagnostics, Surgery, Branded optical / Non-Branded optical सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij