Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी


  • 1.2K
    Shares

    जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

    काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ ।  हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हाल सम्म २४५ वटा दावी बापत रु २१,७४,४५,८३१ ९ भुक्तानी गरेको जनाएको छ ।

    उक्त दावी भुक्तानी रकम जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दावी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोज राज लुइटेलले बताए ।

    उच्च प्राथमिकताका साथ भई रहेको दावी भुक्तानी २१ गते मंगलबारबाट पुन: यथावत हुने कम्पनीले जनाएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो । यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ।

    हिमालयन एभरेष्टमार्फत बीमा भई क्षतिपूर्तिको दावी भुक्तानी बाँकि रहेका बिमितहरुलाई आवश्यक कागजात र प्रक्रिया पुर्‍याइ आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

    साथै, आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १०:४५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij