Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी


  • 1.3K
    Shares

    जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

    काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ ।  हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हाल सम्म २४५ वटा दावी बापत रु २१,७४,४५,८३१ ९ भुक्तानी गरेको जनाएको छ ।

    उक्त दावी भुक्तानी रकम जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दावी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोज राज लुइटेलले बताए ।

    उच्च प्राथमिकताका साथ भई रहेको दावी भुक्तानी २१ गते मंगलबारबाट पुन: यथावत हुने कम्पनीले जनाएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो । यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ।

    हिमालयन एभरेष्टमार्फत बीमा भई क्षतिपूर्तिको दावी भुक्तानी बाँकि रहेका बिमितहरुलाई आवश्यक कागजात र प्रक्रिया पुर्‍याइ आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

    साथै, आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १०:४५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij