Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वीपी प्रतिष्ठानमा थप तीनजना कोरोना संक्रमितको मृत्‍यु

वीपी प्रतिष्ठानमा थप तीनजना कोरोना संक्रमितको मृत्‍यु


  • 4.7K
    Shares

    वीपी प्रतिष्ठानमा थप तीनजना कोरोना संक्रमितको मृत्‍यु

    काठमाडौं । वीपी प्रतिष्ठान धरानमा थप तीनजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । विर्तामोड-५ झापाका ६२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार विहान १२ बजे मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

    उच्च रक्तचाप र मधुमेहका विरामी उनलाई वैशाख २३ गते कोरोना संक्रमण देखिएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो।

    यस्तै विराटनगर-८ मोरङका ५६ वर्षीय पुरूषको विपी प्रतिष्ठान धरानमा उपचारको क्रममा वैशाख २६ गते साँझ ७ बजे मृत्‍यु भएको छ ।

    वैशाख १० गते नोबेल अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन नै विपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापका विरामी थिए ।

    यस्तै इटहरी-२ सुनसरीका ५८ वर्षीय पुरूषको उपचारको क्रममा वीपी प्रतिष्ठान धरानमा वैशाख २६ गते राति १० बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो ।

     

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १०:३२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij