Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मेडागास्करमा पनि जेनजी आन्दोलन: २२ जनाको मृत्यु, राष्ट्रपतिले गरे सरकार विघटनको घोषणा

मेडागास्करमा पनि जेनजी आन्दोलन: २२ जनाको मृत्यु, राष्ट्रपतिले गरे सरकार विघटनको घोषणा


  • 3.3K
    Shares

    मेडागास्करमा पनि जेनजी आन्दोलन:  २२ जनाको मृत्यु, राष्ट्रपतिले गरे सरकार विघटनको घोषणा
    images

    मेडागास्करमा युवाहरूको विरोध प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति एन्ड्री राजोएलिनाले सरकार विघटनको घोषणा गरेका छन्।

    पानी र बिजुली लामो समयसम्म अवरुद्ध भएको विरोधमा युवा ९जेनजी० को नेतृत्वमा केही दिनदेखि भएको प्रदर्शनपछि यो घोषणा आएको हो। सोमबार टेलिभिजन सम्बोधनमा एन्ड्री राजोएलिनाले भने, यदि सरकारले जनताले सुम्पेको जिम्मेवारी पूरा गरेको छैन भने हामी यसलाई स्वीकार गर्छौं र माफी चाहन्छौँ।

    राष्ट्रपतिको राजीनामा माग्दै गत बिहीबारदेखि हजारौँ युवा सडकमा उत्रिएका छन्। संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुखले प्रदर्शनमा कम्तीमा २२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको रिपोर्ट गरेका छन्।

    उनले प्रदर्शनकारीहरूविरुद्ध सुरक्षा बलले गरेको दमनको पनि निन्दा गरेका छन्। बीबीसीका अनुसार मेडागास्करको विदेश मन्त्रालयले संयुक्त राष्ट्र संघको तथ्यांकलाई अस्वीकार गरेको छ।

    मन्त्रालयले यो तथ्यांक ुअफवाह र गलत जानकारीुमा आधारित रहेको दाबी गरेको छ। यसअघि नेपालमा हालै जेनजी आन्दोलनकै कारण दलीय सरकार ढलेर नागरिक सरकार गठन भएको छ।

    प्रकाशित मिति :आश्विन १४ २०८२ मंगलवार - १६:३९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij