Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

जीवन बीमा कम्पनीमा उत्साह फर्किँदै, दुई महिनामै ३५ अर्ब २४ करोडको व्यापार

जीवन बीमा कम्पनीमा उत्साह फर्किँदै, दुई महिनामै ३५ अर्ब २४ करोडको व्यापार


  • 1.1K
    Shares

    जीवन बीमा कम्पनीमा उत्साह फर्किँदै,  दुई महिनामै ३५ अर्ब २४ करोडको व्यापार

    काठमाडौं । आर्थिक वर्ष २०८२\८३ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्बै माथि कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्षको साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

    साउन र भदौ  महिनामा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.१५ प्रतिशत बढी रहेको । 

    हाल जीवन बीमा कम्पनीहरुमा कुल १ करोड १४ लाख ५० हजार ४७७ वटा बीमालेख सक्रिय रहेका छन् भने साउन र भदौमा कम्पनीहरुले ६ अर्ब ५४ करोड ११ लाख ५१ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । 

    यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनीले यस अवधिमा ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

    लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ९एलआइसी०ले ३ अर्ब ३९ करोड ४२ लाख, हिमालयन लाइफले लपनि ३ अर्ब १७ करोड २३ लाख, सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख, सानिमा रिलयान्सले १ अर्ब २० करोड ४२ लाख, आइएमई लाइफले १ अर्ब ५ करोड ५८ लाख, सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख, एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख, रिलायबल नेपालले १ अर्ब १ करोड ४० लाख र मेट लाइफले १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । 

    साथै, सन नेपाल लाइफले ६० करोड ६६ लाख र प्रभू महालक्ष्मी लाइफले भने ९६ करोड ९८ लाख रुपैयाँ व्यापार गरेको छ ।

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १२:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij