Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

जीवन बीमा कम्पनीमा उत्साह फर्किँदै, दुई महिनामै ३५ अर्ब २४ करोडको व्यापार

जीवन बीमा कम्पनीमा उत्साह फर्किँदै, दुई महिनामै ३५ अर्ब २४ करोडको व्यापार


  • 848
    Shares

    जीवन बीमा कम्पनीमा उत्साह फर्किँदै,  दुई महिनामै ३५ अर्ब २४ करोडको व्यापार

    काठमाडौं । आर्थिक वर्ष २०८२\८३ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्बै माथि कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्षको साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

    साउन र भदौ  महिनामा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.१५ प्रतिशत बढी रहेको । 

    हाल जीवन बीमा कम्पनीहरुमा कुल १ करोड १४ लाख ५० हजार ४७७ वटा बीमालेख सक्रिय रहेका छन् भने साउन र भदौमा कम्पनीहरुले ६ अर्ब ५४ करोड ११ लाख ५१ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । 

    यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनीले यस अवधिमा ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

    लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ९एलआइसी०ले ३ अर्ब ३९ करोड ४२ लाख, हिमालयन लाइफले लपनि ३ अर्ब १७ करोड २३ लाख, सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख, सानिमा रिलयान्सले १ अर्ब २० करोड ४२ लाख, आइएमई लाइफले १ अर्ब ५ करोड ५८ लाख, सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख, एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख, रिलायबल नेपालले १ अर्ब १ करोड ४० लाख र मेट लाइफले १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । 

    साथै, सन नेपाल लाइफले ६० करोड ६६ लाख र प्रभू महालक्ष्मी लाइफले भने ९६ करोड ९८ लाख रुपैयाँ व्यापार गरेको छ ।

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १२:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij