२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको ४९१ औं सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८१\८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०८१\८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ को ५ प्रतिशतले हुने ७३ करोड ८४ लाख ५० हजार ६४८.३० बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार ८२३.५९ सहित जम्मा रु ७७ करोड ७३ लाख १६ हजार ४७१.८९ लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij