२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको आगजनी र तोडफोडबाट क्षति भएको कम्पनीहरु बीमा दाबी बढ्दै गएको छ। हालसम्म साढे २३ अर्बको दावी पेश भएको नेपाल बीमा प्राधिकरणको प्रारम्भिक तथ्याङ्कमा रहेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आज असोज ८ गतेसम्मको तथ्यांकअनुसार आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा भएका आगजनी र तोडफोडबाट भएको क्षतिमा १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बढीको दाबी परेको परेको छ। यो रकम कम्पनीहरुमा परेका २ हजार ९८८ वटा दाबीको हो।
सबैभन्दा ठुलो आकारको दावी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सिद्धार्थमा ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको ३०७ वटा दावी पेश भएको छ । ओरियण्टल इन्स्योरेन्समा पनि ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको ८६ वटा दावी परेको छ ।
त्यसैगरी, आइजीआई प्रुडेन्सियलमा २ अर्ब ७९ करोड ६६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख, शिखरमा २ अर्ब ३९ करोड १३ लाख, हिमालयन एभरेष्टमा १ अर्ब २३ करोड ७८ लाख र नेकोमा १ अर्ब १२ करोड ४३ लाख रुपैयाँको दावी परेको छ ।
युनाइटेड अजोडको ५३ करोड २० लाख, एनएलजी इन्स्योरेन्समा ५१ करोड, राष्ट्रिय बीमा कम्पनीमा ९० करोड ६८ लाख, सानिमा जिआइसीमा ८४ करोड ४४ लाख, प्रभूमा २० करोड ४९ लाख र नेपाल इन्स्योरेन्समा ४८ करोड २ लाख रुपैयाँको दावी परेको छ ।
निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १५ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख ३८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ लाख ५० हजार रुपैयाँबराबरको बीमा दाबी परेको छ।
दावी संख्याको आधारमा भने मोटर बीमामा धेरै देखिन्छ । मोटर बीमालेख अन्तर्गत ३ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको २ हजार २०९ वटा दावी पेश भएको छ ।
प्राधिकरणका अनुसार इन्जिनियरिङ्ग तथा ठेक्का जोखिम बीमालेख अन्तर्गत ३४ करोड ७२ लाख रुपैयाँ बराबरको १४४ वटा दावी परेको छ भने परिवहन बीमा अन्तर्गत १ करोड ५५ लाख र अन्य बीमालेख अन्तर्गत ३४ करोड ६६ लाख रुपैयाँ बराबरको ३० वटा दावी परेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij