२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ ।
कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रकम ५,०३१,१६४,४०० रहेको छ । कम्पनीको जगेडा कोषमा रकम २,२३२,४०९,८०१ तथा जीवन बीमाकोषमा रकम रु.१०,१०८,७८१,५४५ कायम छ ।
कम्पनीको नेट वर्थ रकम रु.१५४.३५ रहेको छ र सो आधारमा कम्पनीको जोखिम धारण गर्ने क्षमता वृद्घि हुँदै गएको व्यहोरा निवेदन गर्दछौँ ।
कम्पनीलाई आजको स्थितिमा पु¥याउनका लागि मार्गदर्शन गर्ने नियामक निकायहरु, सेवाग्राहीहरु, अभिकर्ताहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ प्र्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्घता व्यक्त गर्दछौँ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij