२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं। कामना सेवा विकास बैंकले झापा, दमक स्थित नमस्ते पब्लिक हस्पिटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु-याउने उद्धेश्यले स्थापित उक्त नमस्ते पब्लिक हस्पिटलमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
सो सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेशका प्रमुख खिमलाल भुसाल र नमस्ते पब्लिक हस्पिटलका तर्फबाट अध्यक्ष कुबेर भट्टराईले हस्ताक्षर गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij