Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

युक्रेनमा रुसद्वारा १ हजार ५ सय भन्दा बढी ड्रोन आक्रमण : जेलेन्स्की

युक्रेनमा रुसद्वारा १ हजार ५ सय भन्दा बढी ड्रोन आक्रमण : जेलेन्स्की


  • 988
    Shares

    युक्रेनमा रुसद्वारा १ हजार ५ सय भन्दा बढी ड्रोन आक्रमण : जेलेन्स्की
    images

    काठमाडौं । यस हप्ता युक्रेनमा रुसले १ हजार ५ सय भन्दा बढी ड्रोन आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।

    युद्धमा रुसले प्रयोग गरिरहेको हतियारहरूमा युरोप, अमेरिका, चीन, जापान लगायत अन्य देशहरूमा बनेका पार्टपुर्जाहरू समावेश रहेको पनि उनले आरोप लगाए । 

    उनले आइतबार ट्विटरमा एउटा पोस्ट गरेका थिए,ुयस हप्ता मात्र १ हजार ५०० भन्दा बढी ड्रोन आक्रमण, १ हजार २८० भन्दा बढी हवाई बम र विभिन्न प्रकारका ५० वटा मिसाइलहरू प्रहार गरिएको थियो ।’

    जेलेन्स्कीले भने, ुयुरोप, अमेरिका, चीन, जापान र दर्जनौँ अन्य देशहरूबाट बनेका यी हतियारहरूमा १ लाख ३२ हजारभन्दा बढी विदेशी पार्टपुर्जाहरू बरामद गरिएको छ,’ अगाडि लेखेका छन् । 

    यी प्रविधिहरूले रुसलाई ठुलो मात्रामा हतियार उत्पादन गर्न मद्दत गरिरहेको र रुसलाई रोकिएन भने यो निश्चित रूपमा युरोप र इन्डो–प्यासिफिकको लागि खतरा बन्ने पनि उनले पोष्टमा लेखेका छन् । 

    जेलेन्स्कीले एक पटक फेरि रुसलाई युद्धविराम गर्न दबाब दिन कडा प्रतिबन्ध लगाउनुपर्ने आवश्यकतामा जोड दिए ।  अगस्टको सुरुमा जेलेन्स्कीले चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशका भाडाका सैनिकहरू युक्रेन विरुद्ध लडिरहेको दाबी गरेका थिए । 

    तर, पाकिस्तानले जेलेन्स्कीको यो दाबीलाई अस्वीकार गरेको थियो ।  अक्टोबर २०२४ मा केही समाचारमा रुसी सेनालाई सहयोग गर्न उत्तर कोरियाली सेनालाई युक्रेनमा तैनाथ गरिएको दाबी गरिएको थियो । 

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १५:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij