Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काबुलको विद्यालय बाहिर ठूलो विस्फोटन : २५ जनाको मृत्यु, ५२ घाइते

काबुलको विद्यालय बाहिर ठूलो विस्फोटन : २५ जनाको मृत्यु, ५२ घाइते


  • 8.0K
    Shares

    काबुलको विद्यालय बाहिर ठूलो विस्फोटन : २५ जनाको मृत्यु,  ५२ घाइते

    अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय बाहिर ठूलो विस्फोटन हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । शनिबारको विस्फोटनमा अन्य ५२ जना घाइते भएको एएफपीले जनाएको छ ।

    अफगान सरकारले गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या बढ्नसक्ने बताएको छ । उक्त विस्फोटन कसले गरायो र त्यसको उद्देश्य के थियो भन्नेबारेमा हालसम्म पत्ता लाग्न सकेको छैन ।

    इदको लागि आवश्यक सामग्री किन्न गएका मानिसहरु र केही विद्यार्थीहरु विस्फोटको शिकार बनेको बताइएको छ ।अफगानिस्तानमा तालिबान विद्रोहीहरु यस्ता विस्फोटनको घटनामा सक्रिय छन् ।

    अमेरिकाले आगामी सेप्टेम्बर ११ सम्ममा आफ्ना सेनाहरु अफगानिस्तानबाट हटाउने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा तालिबानले थप हिंसा मच्चाउने त्रास पैदा भएको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १४:१९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij