Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग


  • 687
    Shares

    महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग
    images

    काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।

    दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो ।

    यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक ईटा थप हुने विश्वास बैंकले लिएको छ ।

    साथै, बैंकको सम्पुर्ण सेवाहरु पुर्ण रुपमा सञ्चालनमा आईसकेको तथा डिजिटल बैकिङ्ग सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको व्यहोरा समेत जानकारी गराईन्छ । 

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १४:००:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij