२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १ हजार ३२२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।
बैंकका केही संस्थापकम शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि बैंक समक्ष निवेदन पेश गरेअनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बैंकले शेयर बिक्रीमा ल्याएको छ ।
शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।
शेयरको बिक्रीमूल्य भने शेयर बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ। बैंकले तोकिएको यस समयभित्र बैंकका संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सो शेयर अन्य सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij