२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरूलाई ग्राहकको सुविधाअनुसार व्यवस्थित गर्ने क्रममा चाबहिल-२ शाखालाई स्थानान्तरण गरी बालुवाटार शाखाका रूपमा सञ्चालनमा ल्याएको छ।
यो शाखा अब काठमाडौं महानगरपालिका-२, बालुवाटारस्थित एनएल कम्प्लेक्सबाट सञ्चालन हुनेछ।
बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले गरेका छन्। यस अवसरमा बैंकका अन्य उच्च अधिकारीहरू र विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij