Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

अहमदाबाद एयर इन्डिया विमान दुर्घटना: बोइङ र हनिवेलविरुद्ध अमेरिकामा मुद्दा

अहमदाबाद एयर इन्डिया विमान दुर्घटना: बोइङ र हनिवेलविरुद्ध अमेरिकामा मुद्दा


  • 1.0K
    Shares

    अहमदाबाद एयर इन्डिया विमान दुर्घटना: बोइङ र हनिवेलविरुद्ध अमेरिकामा मुद्दा
    images

    काठमाडौं । गत जुनमा भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र विमानका पार्टपुर्जा निर्माता हनिवेल विरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन्।

    पीडित परिवारले कम्पनीहरूको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै मुद्दा हालेका हुन्। मंगलबार दायर मुद्दामा भनिएको छ, ‘खराब इन्धन स्विच दुर्घटनाको कारण थियो र विमानको डिजाइनमा जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि कम्पनीहरूले केही गरेनन्।’

    गत जुन १२ मा एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान भारतको उत्तरपश्चिमी सहर अहमदाबादमा दुर्घटना भएको थियो।

    जसमा परी २६० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा यात्रुबाहेक विमान खसेको ठाउँका १९ जना पनि छन्। दुर्घटनामा एक यात्रु मात्र बाँच्न सफल भएका थिए। अनुसन्धान प्रतिवेदनमा विमानको इन्धन स्विच उडान भरेको केही समयपछि नै असफल भएको उल्लेख छ। 

    मुद्दामा आरोप लगाइएको छ, ‘७८७ ड्रिमलाइनर र यसका पार्टपुर्जा विकास र बजारीकरण गर्दा दुवै कम्पनीलाई दुर्घटनाको जोखिमबारे जानकारी थियो। ’

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १५:११:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij