Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

जेनजी आन्दोलनपछि बीमा कम्पनीहरूमा २० अर्ब ७० करोडको माग दाबी

जेनजी आन्दोलनपछि बीमा कम्पनीहरूमा २० अर्ब ७० करोडको माग दाबी


  • 1.1K
    Shares

    जेनजी आन्दोलनपछि बीमा कम्पनीहरूमा  २० अर्ब ७० करोडको माग दाबी
    images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा विभिन्न सरकार तथा निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीपछि बीमा कम्पनीहरूमा बीमा माग दाबी पर्न थालेको छ । 

    नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न इन्स्योरेन्स कम्पनीहरूमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ । भदौ ३१ गतेसम्म १ हजार ९ सय ८४ वटा बीमा माग दाबी परेको प्राधिकरण जानकारी दिएको छ ।  

    आन्दोलनका कारण भएको क्षतिमा सबैभन्दा बढी बीमा माग दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ भने कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबरको ४० वटा बीमा माग दाबी परेको छ ।

    पाँच तारे होटल हिल्टनको बीमा समेत यसै कम्पनीमा परेको छ ।  त्यस्तै सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्समा पनि दाबी परेको छ । शिखर इन्स्योरेन्समा ३ सय ६६ वटा बीमा माग दाबी परेको छ । 

    प्रिमियर इन्स्योरेन्स कम्पनीमा ४ अर्ब ९३ करोड २२ लाख, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ४ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँको दाबी परेको छ ।

    स्टार माइक्रो इन्स्योरेन्समा ६७ लाख ७ हजार, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा एक करोड १३ लाख र  नेपाल माइक्रो इन्स्योरेन्समा ५६ लाख ३६ हजार  रुपैयाँको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ । 

    त्यसैगरी प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख, नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख, नेको इन्सुरेन्समा १ अर्ब नौ करोड ५३ लाख, सानिमा जीआईसीमा ७८ करोड ९३ लाख, राष्ट्रिय बिमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँको दाबी परेको छ ।

    गत भदौ २३ र २४ गते काठमाडौं लगायत देशभर जेनजी पुस्ताका युवाहरूले बेथितिविरूद्ध आन्दोलन गरेका थिए । सो क्रममा सार्वजनिक तथा निजी संरचनाहरूमा आगजनी तथा तोडफोड गरिएको थियो । 

     

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १४:५६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij