२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
यो वर्ष बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.६७ प्रतिशत नगद लाभांश दिने भएको छ । गत भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको छ।
प्रस्तावित उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij