२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेको छ । असोज महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् ।
वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गरेको छ भने बाँकी रहेको बैंकहरूले यथावत् राखेको छ ।
सार्वजनिक गरेको विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याजदर तोकेको छ । विभिन्न प्रकारका बचत खाताबिच २ प्रतिशत भन्दा धेरै ब्याजदर अन्तर हुन नपाउने व्यवस्था रहेको छ भने रेमिट्यान्स खाताको ब्याजदरमा थप १ प्रतिशत विन्दुले ब्याजदर थप्न पाउने व्यवस्था छ । बैंकहरूले त्यही रेञ्जभित्र रहेर विशेष खाता तथा रेमिट्यान्स खाताको ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै, मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीतर्फ एक अधिकतम ब्याजदर भने अहिले पनि ६ प्रतिशतसम्म रहेको छ । खासगरी कम अवधिका लागि कम ब्याजदर र लामो अवधिका लागि धेरै ब्याजदर दिनेगरी बैंकहरूले नयाँ ब्याजदर तालिका बनाएको छ ।
यसैगरी मुद्दती खाततर्फ एक वर्षका लागि अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तो खातामा ग्लोबल आर्ईएमईले सबैभन्दा धेरै ३.२५ प्रतिशत ब्याजदर तोकेको ६ भने एनएमबि, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
असोज महिनाका लागि प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएको छ। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु घटाएको छ भने कुमारी बैंकले ०.२ प्रतिशतविन्दु घटाएको छ।
संस्थागत मुद्दतीका लागि एक वर्षभन्दा माथिको अवधिका लागि भने बैंकहरूले धेरै ब्याजदर अफर गरेको छ। अहिले एनएमबि, एनआईसी एशिया र हिमालयन बैंकले ५ प्रतिशतसम्म ब्याजदर तोकेका छ । केही बैंकको ब्याजदर भने दीर्घकालका लागि समेत न्यून छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीमा जुनसुकै समयका लागि सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij