२०८२ भाद्र २ गते सोमवार
कोरोना संक्रमणको कारण डोल्पाका एक मेयर र बाजुरामा एक वडाध्यक्षको मृत्यु भएको छ ।
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको कोरोना संक्रमणको कारण शनिबार काठमाडौंमा मृत्यु भएको हो । ललितपुरको सुमेरू अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था गम्भीर भएका बुढालाई केही दिनअघि मात्रै सुमेरु अस्पताल भर्ना गरिएको छ । बिरामी भएपछि उनी केही दिन अघि नै काठमाडौं आएका थिए । उपचारकै क्रममा मेयर बुढाको मृत्यु भएको कर्णाली प्रेदशका मन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।
त्यसैगरी बाजुराको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष विनोदकुमार विश्वकर्माको पनि कोराना संक्रमणकै कारण मृत्यु भएको छ।
अत्याधिक ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले उनलाई केही दिनअघि मात्रै जिल्ला अस्पतालमा भर्ना गरेका थिए । त्यहाँ उनमा संक्रमण पुष्टि भएको थियो ।
जिल्ला अस्पताल उपचार असम्भव भएपछि शनिबार दिउँसो डडेलधुरा रिफर गरिएका विक बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij